संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस, राप्रपा र नेमकिपाको विधेयकमाथिको विरोध प्रस्ताव अस्वीकृत
काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेश्रो) संशोधन विधेयक २०७९ पेश गरेकी हुन ।