कांग्रेस महाधिवेशन : आचारसंहिताविपरीत प्रचारप्रसार गर्दै उम्मेद्वार
काठमाडाैं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको निर्वाचन आचारसंहिताविपरीत उम्मेद्वारहरूले प्रचारप्रसार गरेको पाइएको छ । २४ मंसिरदेखि कांग्रेसको महाधिवेशन सुरु हुँदै छ । महाधिवेशन सुुरु हुनुअगावै विभिन्न पदका उम्मेद्वारहरूले आफ्नो फोटोसहितको उम्मेद्वारी घोषणा गरेको पर्चा पम्प्लेट महाधिवेशनस्थलमा टाँस्न थालेका छन् ।