कांग्रेसले ५० लाख र सांसदले १५ दिनको तलव राहत कोषमा दिने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टीका तर्फबाट एकमुष्ठ ५० लाख रुपैयाँ र काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् ।