काठमाडौं । कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न सरकारले ५० करोड रुपैयाँको केन्द्रीय राहत कोष बनाएको छ ।
आज साँझ बसेको मन्त्रिपरिषद वैठकले ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णय समेत भएको बताइएको छ ।
त्यस्तै कोषमा सहयोग गर्न सरकारले आम उद्योगी, व्यवसायी तथा सर्वसाधारणहरुलाई आह्वान गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद् बैठकले कम्तीमा एक साताका लागि छिमेकी मुलुक चीन र भारतसँगका सबै सीमा बिन्दुहरु बन्द गर्ने निर्णय समेत गरेको बताइएको छ । भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिने निर्णय भएको बताइएको छ ।