माघ ११ देखि मण्डलामा ‘मासिन्या’ मञ्चन हुँदै
काठमाडौँ । थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि २८ गतेसम्म नाटक ‘मासिन्या’ मञ्चन हुने भएको छ । नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन् । तामाङ जातिले भोगेको पीडा र संघर्षको कथा नाटकमा समेटिएको छ ।