सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुन्छः राष्ट्रपति भण्डारी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बताउनुभयो