बिजुलीको पोल ढलेर लाग्दा वडा सदस्यको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ को मानदमारमा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका वडा सदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले राससलाई जानकारी दिए।