जनकपुरधाम । सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीका सांसद सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । जनमतका सिंहलाई नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थन रहेका छ ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त भएपछि प्रदेश प्रमुखले सोही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न शुक्रबारसम्मको समय दिएकी थिइन् ।
नवनियुक्त मुख्यमन्त्री सिंहले आजै शपथ लिने कार्यक्रम रहेको छ ।
























