अन्नपूर्ण आधार शिविरमा पाहुनाको बसाइ व्यवस्थापन र प्रदूषण चुनौती
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर दुई वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे