काठमाडौँ । आज वि.सं २०८१ चैत ४ गते सोमबार, ई.स. २०२५ मार्च १७, तिथि- चैत कृष्णपक्ष, तृतीया, चित्रा- नक्षत्र, १३ः०३ बजेपछि स्वाती, ध्रुव- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः१३, सूर्यास्त- १८ः१३ ।
मेष : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
वृष : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
मिथुन : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
कर्कट : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
सिंह : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
कन्या : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
तुला : खर्च बढे पनि घरायसी सुखसुविधाका सामग्रीको जोहो हुनेछ ।
वृश्चिक : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
धनु : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मकर : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
कुम्भ : स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीनः प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।