थाइल्यान्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
काठमाडौं । सरकारले म्यान्मा, थाइल्यान्ड, कम्बोडिया, लाओसलगायत मुलुकमा जान चाहने वा जाने तयारीमा रहेका नेपाली नागरिकलाई तीनबुँदे यात्रासम्बन्धी सूचना (ट्राभल एड्भाइजरी) सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एड्भाइजरी जारी गर्दै नेपाली नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको हो ।