जागरण अभियानमा शीर्ष नेताको सक्रियता
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रममा पार्टीका शिर्ष नेताहरुको सक्रियता बढेको छ । अभियानमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवम् तोकिएका प्रतिनिधि आ–आफ्नो क्षेत्रमा निरन्तर सहभागी हुनुभएको पार्टी कार्यालयले जनाएको छ