चक्रवातको असर यथावत्, कोशी र मधेस प्रदेशमा सतर्क रहन अनुरोध
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवातको असर अझै यथावत् रहेकाले शनिबारसम्म नै कोशी र मधेस प्रदेश सतर्क रहनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य प्रदेशहरूमा यसको असर विस्तारै कमजोर बन्दै गइरहे पनि केही ठाउँमा सचेत रहनुपर्ने देखिएको छ।