सीमा क्षेत्रमा रातभर जाग्राम
सप्तरी । भारतबाट मानिसलाई आउन नदिन सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडाका युवाले रातभर जाग्राम बसेर चौकीदारी गर्न थालेका छन् । कोरोना भाइरसको सङ्क्रमण बेलामा समेत अवैध तस्करी नरोकिएपछि गाउँका १० युवाले १० दिनदेखि गाउँ भित्रिने नाकामा निगरानी गर्न थालिएको हो ।