पहिरोका कारण कोशी राजमार्ग ५ दिनदेखि अवरुद्ध
काठमाडौं । वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध बनेको कोशी राजमार्ग ५ दिनदेखि अवरुद्ध बनेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका–३ एकुवास्थित कोशी राजमार्ग असोज ५ गतेदेखि ठप्प भएको हो।