काठमाडौं । गृह मन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि निर्वाचनका दिन देशभर हवाई गस्ती गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयकी सह–प्रवक्ता रमा आचार्यका अनुसार वैठकले हवाई गस्ती गर्ने, हेलिकप्टर स्ट्यान्डबाइ राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराखी काम गर्ने निर्णय भएको छ।
बैठकमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
बैठकमा विद्यमान अवस्था, निर्वाचन तयारी, शान्ति–सुरक्षा लगायत विषयमा विस्तृत छलफल भएको जनाइएको छ।
यसअघि आज बिहान मात्रै गृहमन्त्री अर्यालले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग जुम मिटिङमार्फत सम्पर्क गरी जिल्लागत वस्तुस्थिति बुझेका थिए।




















