असार नलाग्दै बागलुङमा रोपाइँको चटारो
बागलुङ, असार नलाग्दै यहाँका किसान रोपाइँमा व्यस्त छन् । सिञ्चित र दुई बाली उब्जाउ हुने खेतमा छिट्टै रोपाइँ शुरु भएको हो । हालसम्म करीब १० प्रतिशत रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत विप्लव अधिकारीले जानकारी दिनुभयो ।