थप कडाइका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० सम्म निषेधाज्ञा
काठमाडौँ । कोभिड१९ सङ्क्रमणको जोखिम बढ्दो रहेको निष्कर्षका साथ काठमाडौँ उपत्यकामा यही जेठ २० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । थप कडाइका साथ जारी आदेश यही जेठ १४ गते विहान १ बजेबाट लागू हुने छ ।