मेयर बालेन नगएपछि मन्त्री घिसिङ स्वयं पुगे बञ्चरेडाँडा, १५ दिनका लागि फोहोर अवरोध अन्त्य
काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडाका स्थानीयबासीका माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि काठमाडौँ उपत्यकाको फोहोर विसर्जनमा आएको अवरोध हटेको छ । आइतबार बिहान नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेर मन्त्री घिसिङले स्थानीयसँग भेट गरेका