काठमाडौं । इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारवाहीको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । इनिशा बिकको न्यायका लागि भन्दै बिभिन्न संघसंस्थाको अगुवाइमा काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले पीडितलाई न्याय दे, छोरीहरुको सुरक्षा गरौं, बलात्कारीलाई कडा कारवाही गर, न्याय विना शान्ति छैनलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
इनिशा बिकको न्यायका लागि ऐक्यवद्धता जनाउन नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समिति समेत प्रदर्शनमा सहभागी भएको थियो । इनिशा सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वनमा मृत भेटिएकी थिइन् । प्रहरीले उक्त प्रकरणमा जोडिएका आरोपीहरुसँग बयान लिइसकेको छ भने घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।




















