ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका खलाको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको