तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आज कक्फेक्वा तङनाम अर्थात (माघे संंक्रान्ती ) मनाइँदै छ । लिम्बु समुदायको कक्फेक्वा तङनाम तथा माघे संक्रान्ती पर्व आज धूमधामका साथ लिम्बूले मनाइरहेका हुन् ।
आज नयाँ सम्वतको रुपमा मनाइने येले तङवे अर्थात (नयाँ वर्ष ) सुरुवात हुन्छ । चाँप,पैयुँ लगायतका वनस्पती फुलेपछि वसन्त सुरुको आगमनको संकेत गर्छ ।
यो दिनलाई लिम्बु समुदायले माछामासुभन्दा पनि कन्दमुल खाएर मनाउने प्रचलन रहँदै आएको आदिवासी जनजाती संंघका कन्द्रीय अध्यक्ष टीआर सेनेहाङले बताए ।
तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी लगायत विभिन्न ठाउँमा बसोबास गर्दै आएका छन् ।