प्रदेश नं ३ को प्रदेशसभाद्वारा दुःख व्यक्त
हेटौँडा, प्रदेश नं ३ को प्रदेशसभाको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।