गौर बजारमा पानी पस्यो, सरकारी कार्यालयहरु आज बन्द
रौतहट । बिहीवारदेखिको अविरल बर्षासंगै रौतहटको पूर्विभेग स्थित बागमती पश्चिममा लालबकैया नदीमा आएको बाढीको सतह घट्दै जाँदा सदरमुकाम गौर बजार क्षेत्रमा पानीको दवाब बढ्दै गएको छ । गौरस्थित प्रायः सम्पूर्ण सरकारी कार्यालयहरु डुबानमा परेपछि आज बन्द हुने भएका छन् ।