वीरगञ्ज । सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला सरकारी वकिल कार्यालयले पोखरातर्फ पठाएको छ । उनीसँगको बयान पूरा भएपछि विमानबाट कास्की पठाउने क्रममा सिमरा विमानस्थलमा पुर्याइएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले लामिछानेसँग बयान लिएको थियो ।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रमुख किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्याइने जानकारी दिएका छन् ।