सप्तरीमा डाका समूहद्वारा लुटपाट: घरधनीको गोली हानी हत्या
जनकपुरधाम। सप्तरीको सुरुङ्गा नगरपालिका-८, मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन्। डाका समूहले घरधनी कन्तलाल चौधरीको हत्या गरेका हुन्। डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन्। चौधरीको उपचार हाल सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।