जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले अब रकेटको चालमा देशमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयबाट प्रदेशका आठवटै जिल्लामा सञ्चालित एक निर्वाचन क्षेत्र एक सडक (दोस्रो चरण)’ को योजनाअन्तर्गत ६४ वटै निर्वाचन क्षेत्रको ३२० किलोमिटर सडकको डिजिटलरूपमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अब मधेसमा विकासको लहर आउने दाबी गरे।
प्रधानमन्त्री ओलीले विकासका लागि सुशासन पहिलो सर्त रहेको बताए। उनले अरुको मुख ताक्नुभन्दा आफैंबाट सुशासन कायम गर्नुपर्ने बताए। ‘यो ज्ञानको केन्द्र हो। यहाँ अनेक कवि, साहित्यकार, विद्वान र अनेक चिन्तक यस भूमिमा जन्मिए। प्राचीन र प्राज्ञिक भूमि हो। यस महान् भूमिले पछ्यौटे हुने वास्तविक कारण थिएन। तर, कृत्रिम कारणले हामी पछाडि पर्यौं। अब पछाडि पर्ने जमाना बित्यो। अब हामी अगाडि बढ्नेछौं, प्रधानमन्त्री ओलीले भने।
उनले मधेसमा केही समययता विकासका कामहरू प्रशस्तै भएको बताए।

























