करेन्ट लागेर मिस्त्रीको मृत्यु
सप्तरी । रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुहुन्छ