काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश सरकार गैरमधेशी र दलितसमेत समेटेर समावेशी बनाउन पत्र लेखेर स्रमण गराउनु भएकोछ ।
पछिल्लो पटक पुनर्गठन गरिएको मन्त्रिपरिषदमा गैरमधेशी, महिला र दलितलाई संविधानको भावना बमोजिम समावेशी नगरिएको गुनासो आएपछि प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएको बताइएको छ ।
‘‘प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउनु प्रदेश सरकारको जिम्मेवारी र दायित्व पनि हो,’ पत्रमा झाले भन्नुभएको छ ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समानुपातिक समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ।’
अहिलेको मन्त्रिपरिषदमा लालबाबु राउत मुख्यमन्त्री, विजय यादव आर्थिक मामिला तथा योजना मन्त्री, ज्ञानेन्द्र कुमार यादव आन्तरिक मामिला तथा कानुन मन्त्री, शैलेन्द्र साह भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री, नवलकिशोर साह सुडी सामाजिक विकास मन्त्री र रामनरेश राय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रहेका छन्।
राज्यमन्त्रीमा उषा यादव, सरोज सिंह र योगेन्द्र राय यादव रहेका छन् ।
यस्तो छ पत्र –




























