प्रभु साहको क्षेत्रको मौलापुरमा एमाले विजयी
रौतहट । प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने रौतहटको मौलापुर नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ । साहकी पत्नी रीनाकुमारी मौलापुरको मेयरमा निर्वाचित भएकी हुन् । उनले ५ हजार ५६४ मत पाउँदा गठबन्धनका उम्मेदवार रमप्रवेश साहले ३०६२ मत पाए ।