सरकारले तीनकुनेमा ज्यान गुमाएका परिवारलाई १०/१० लाख दिने
काठमाडौंं । गृह मन्त्रालयले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका दुई जनाका परिवारलाई १०/१० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको छ । गत शुक्रबार राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी सविन महर्जनको मृत्यु भएको थियो ।