भन्सारमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्छः अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सारमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका छन् । ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सारबाट हुने चुहावट बढदै गएको