भानुआतुमा ७.३ म्याग्निच्युडको भूकम्प
पोर्ट भिला । प्रशान्त राष्ट्र भानुआतुमा मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पले राजधानी पोर्ट भिलामा भवनहरू ध्वस्त भएका छन् र यसमा विदेशी दूतावासहरूले प्रयोग गरेको भवन पनि समावेश छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई सहरमा शवहरू देखिएको बताए ।