अमेरिकाको केन्टकी बाढीमा परी पच्चीसजनाको मृत्यु
शिकागो । पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहित २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराइरहेका छन् । केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्नसक्ने जनाएका छन् ।