भियतनामका राष्ट्रपति गुएनद्वारा राजीनामा
भियतनाम । भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारणले पदत्याग गरेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । राजीनामासँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी)तथा त्यसको १३ औँ केन्द्रीय समितिको सदस्यबाट समेत मुक्त भएका छन् ।