सरकारका कदमविरुद्ध संसद्मा सशक्त रूपमा उत्रिने नेकपाको निर्णय
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभाको बैठकमा सरकारका पछिल्ला गतिविधिविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकमा सरकारका निर्णय र समसामयिक राजनीतिक विषयबारे छलफल भएको प्रमुख सचेतक युवाराज दुलालले जानकारी दिए ।