काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
माघ १८ गतेदेखि संसद् बैठक सुरु हुने भएकाले त्यसअघि आफ्नो धारण बनाउन कांग्रेसले बैठक बोलाएको हो । सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ भने ती विधेयक छिटो पारित गर्ने सरकारमा सामेल दलहरूको तयारी छ ।
यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी काम गर्न निर्देशन दिएको थियो ।