मन्त्रीको अभिव्यक्तिप्रति विश्वप्रकाशको आपत्ति, प्रधानमन्त्रीलाई भने– ‘बोलीमा लगाम लगाउनुस्’
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूको अभिव्यक्ति गैरजिम्मेवार बन्दै गएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई बोलीमा नियन्त्रण गर्न आग्रह गरेका छन्। सोमबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीको ‘खुट्टा भाँचिदिनुस्’ भन्ने अभिव्यक्ति