काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न सात विषयगत उपसमितिका संयोजक चयन गरेको छ ।
प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको सभापतित्वमा बसेको बैठकले उपसमितिका संयोजकहरू चयन गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
निर्णयअनुसार अर्थ योजना उपसमितिको संयोजकमा प्रा.डा. गोविन्दराज पोखरेल चयन भएका छन् ।
यस्तै, जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद–समन्वय उपसमितिको संयोजकमा मीनबहादुर भाम र अनौपचारिक क्षेत्रका श्रमिकः नीति तथा न्याय उपसमितिको संयोजकमा महेन्द्र यादव चयन भएका छन् ।
त्यसैगरी, बाल अधिकार उपसमितिको संयोजकमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाहः नीति तथा थिती संवाद उपसमितिको संयोजकमा गोपालप्रसाद पोखरेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिको संयोजकमा अञ्जु झा चयन भएको प्रतिष्ठानले जनाएको छ ।




















