सर्वदलीय बैठकमा रविलाई एमालेको प्रश्न : भारत भ्रमणमा ईपीजी र सीमा विवादका विषय उठे कि उठेनन् ?
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले रास्वपा सभापति रवि लामिछानेको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धसँग जोडिएका महत्वपूर्ण विषय उठाइएको थियो वा थिएन भन्नेबारे प्रश्न गरेको छ। सोमबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नेपाल–भारत सम्बन्धका