जेनजी आन्दोलनको प्रतिवेदन तत्काल सार्वजनिक र निष्पक्ष कार्यान्वयन गर्न सभापति थापाको माग
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बिना पूर्वाग्रह सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिवेदन सार्वजनिक भएसँगै त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। ‘प्रतिवेदन तत्काल