काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आफु अर्को चूनावको तयारीमा लागेको बताएका छन् ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा महिला सुरक्षा दवाब समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले संघको निर्वाचनमा बिजयी भएसंगै आफु अर्को चुनावको तयारीमा रहेको बताएका हुन ।
शुक्रबारसम्म मतदातालाई धन्यवाद दिने र त्यसपछि अर्को चुनाव अर्थात अर्थात पार्टीभित्रको संसदीय दलको नेताका लागि तयारी गर्ने उनको भनाई छ । त्यस्तै महामन्त्री थापाले पाँचबर्षपछि हुने निर्वाचनमा ३३ प्रतिशत महिला सहभागीताका लागि अहिलेदेखि नै आवश्यक कानून निर्माणको थालनी गर्नुपर्ने पनि बताएका छन् । कहिलेकाही मन्त्रिपरिषद्मा महिला सहभागीता शुन्य हुने अवस्थालाई पनि अव अन्त्य गर्नुपर्ने उनले बताएका छन् ।
त्यस्तै थापाले महिला हिंसालाई जरैदेखि हटाउनका लागि दलहरु मिलेर काम गर्नुपर्ने र आवश्यक नीतिनियम तर्जुमा गर्नुपर्ने धारणा राखेका छन् ।