Download as zipDownload
पाँचथर, नेकपा (एमाले)का नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले वाम गठबन्धनले सिंहदरबारका शासनसत्तालाई पूर्णरुपले गाउँघरमा पु¥याउने बताउनुभएको छ ।
पाँचथरको इम्बुङमा आज भएको चुनावीसभामा उहाँले स्थानीयस्तरमा सदियौँदेखि विकास तथा सेवाबाट बञ्चित गराई मुठीभर केही व्यक्तिले विकास निर्माण गर्दै आएका अवस्थामा अब वाम गठबन्धनको सरकारले विकास निर्माणका क्षेत्रमा कायपलट गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार वसन्तकुमार नेम्वाङ, प्रदेशसभा सदस्य (ख) का उम्मेदवार इन्द्र आङ्बो मौसम, नेता अइन्द्र सुन्दर नेम्वाङ, लेखनाथ न्यौपाने, धु्रव आङ्देम्बे, हर्क नेम्वाङ मिक्सो, नरबहादुर दुलाललगायतले बोल्नुभएको थियो ।





















