काठमाडौं । आज कोरोना भाइरस संक्रमित १० जना थपिएका छन् । वीरगञ्जमा एक जना र बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको हो । यससँगै संक्रमितको संख्या ६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालगञ्जका संक्रमित मध्ये ५ पुरुष र ४ महिला छन् ।
१९ वैशाखमा बाँकेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यसमध्ये ९ जनामा रिपोर्ट पोजेटिभ आएको हो ।
उनीहरुको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भइरहेको बताइएको छ ।
पर्साको वीरगञ्जका संक्रमिकको उपचार नारायणी अस्पतालमा भइरहेको बताइएको छ ।



















