काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र आज साँझसम्म वार्डमा सार्ने तयारी भइरहेको चिकित्सकहरूले बताएका छन्।
गत सोमबार पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा ल्योप्रोस्कोपी विधिबाट निकालिएपछि ओली हाल आईसीयूमा उपचाररत छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सफल भएको छ र स्वास्थ्यमा सुधार देखिएको छ।
‘आज साँझसम्म वार्डमा सार्ने तयारी गरेका छौं, स्वास्थ्य अवस्था सामान्य छ,’ चिकित्सकले बताएका छन्।
उनी अझै तीनदेखि चार दिन अस्पतालमै रहनुपर्ने चिकित्सकको सुझाव छ।




















