बेरुत । दक्षिणी लेबनानको अन्सारीयेह सहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ । लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार सहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
यसले इजरायले अल(कुलाइलाह सहरको प्रवेशद्वार, साथै बिन्त जबेल सहरको वरपरका क्षेत्रलाई लक्षित गरी हात्रलमण गरेको र हानिन सहरका घरमा विस्फोट गराएको पनि बताएको छ । लेबनानी स्वास्थ्य मन्त्रालयले मार्च(२ देखि देशमा जारी इजरायली आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार १२४ जना पुगेको र छ हजार ९२१ जना घाइते भएको जनाएको छ । (रासस)



















