काठमाडौं । बुधबार सेयर बजार उच्च अंकले वृद्धि भएर बन्द भएको छ। नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ। यसदिन ३४४ वटा स्क्रिप्सको २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता सेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ रुपैयाँमा खरिदबिक्री भए।
दोहोरो अंकले बढेको बजारमा ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। रिड्ज लाइन इनर्जी,सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक,होटल फोरेस्ट इन,सिन्धु विकास बैंक र सुपर खुदी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
कारोबारमा आएकामध्ये २२१ वटा स्टक्सको मूल्य बढ्दा ४५ वटाको घट्यो। ३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। उक्त कम्पनीको ५८ अर्ब मूल्य बराबरको सेयर कारोबार भयो।
नेसनल हाइड्रो पावरले ५७ करोडको सेयर कारोबार गर्दा रिलायन्स स्पिनिङ मिल्सले ४९ करोड,सोलु हाइड्रोपावरले ४१ करोड र रिडी पावरको ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।
आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक ३।१६ प्रतिशतले बढ्यो। यसैगरी ट्रेडिङ समूह र हाइड्रो उमूहको उपसूचक २ प्रतिशत बढीले वृद्धि भयो।


















