पोखरा । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उनले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताएका हुन् ।
सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने काँग्रेसको संकल्प रहेको जिकिर गरे । सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी काँग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिए ।
सभापति थापाले काँग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गरे ।




















