काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता डा. बाबुराम भट्टराईले गोरखा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई सघाउने विश्वास व्यक्त गरेका छन्।
गोरखामा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले रास्वपाका नेताहरूले आफूलाई ‘अभिभावक’ का रूपमा हेर्ने गरेको बताए। आवश्यकताका आधारमा चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ।
उनले चुनावी सहयोगका लागि हालसम्म अन्य दलसँग औपचारिक छलफल नगरेको स्पष्ट पारे। उम्मेदवारी घोषणा गरेपछि स्थानीयस्तरबाट सकारात्मक प्रतिक्रिया आएको पनि उनले बताए।
गोरखा–२ रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीको क्षेत्र हो। यहाँ एमालेले चक्रे मिलन र नेकपाले लेखनाथ न्यौपानेलाई उम्मेदवार बनाएको छ।




















