काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ।
प्रत्यक्षमा जस्तै सार्वजनिक विवरणअनुसार रास्वपाले आज दिउँसो सबा ४ बजेसम्म २१,४८,८३० मत प्राप्त गरिसकेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांंग्रेसले ७,३४,६५१ मत पाएको छ । नेकपा एमालेले ६,२५,३७५ मत प्राप्त गरेको छ। त्यस्तै नेकपाले २९०९३७ प्राप्त गरेको छ ।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले १,५६,२२७ मत पाएको छ । श्रम संस्कृति पार्टीले ९९४११ प्राप्त गरेको छ । जसपा नेपालले ४९१६६ पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टी (रापप) ले ४७४३५ प्राप्त गरेकाे छ । त्यसैगरी जनमतले २४२५९ मत प्राप्त गरेको छ ।




















